Mon. Dec 23rd, 2024

अमेरिकी प्रजातन्त्र कोषका प्रमुखको थाइवान भ्रमणबारे चीनको परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

काठमाण्डौं, २०७८ चैत १६ गते बुधबार । अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोषका जिम्मेवार व्यक्तिले “प्रजातन्त्र”को नाउँमा चीनको थाइवान (ताईवान) क्षेत्रको भ्रमण गरेका छन्।

त्यस भ्रमणको वास्तविक उद्देश्य प्रजातन्त्रको औषधी प्रदान गर्नु होइन, बरू पृथकतावादलाई उत्तेजित पार्ने विषालु औषधी बिक्री गर्नु नै हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले २९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा व्यक्त गर्नुभएको हो ।

प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोष (एनईडी)का प्रमुख विल्सनले २७ देखि ३० तारिखसम्म प्रतिनिधि मण्डलको नेतृत्व गर्दै थाइवानको भ्रमण गर्नुका साथै थाइवान पक्षसँग आगामी अक्टोबर महिनामा थाइपै (ताईपै) शहरमा तथाकथित “विश्व प्रजातन्त्र आन्दोलन” शीर्षकको वैश्विक सम्मेलनको आयोजना गर्ने घोषणा गर्ने छन्।

यदि अमेरिकाले प्रजातन्त्रको नाउँमा थाइवान पक्षधरलाई समर्थन दिएमा अझ ठूलो विफलता भोग्नुपर्ने कुरामा प्रवक्ता वाङ वन पिनले जोड दिनुभएको छ। सीआरआई

Facebook Comments