Sun. Jan 5th, 2025 09:28:16

गद्दी बैठक आजदेखि सार्वसाधारणका लागि खुला

काठमाण्डौं, २०७८ चैत १५ गते मंगलबार । देशको संघीय राजधानी काठमाण्डौीस्थत वसन्तपुरको गद्दी बैठक आजदेखि सार्वसाधारणका लागि खुला गरिएको छ । वि.सं.२०७२ सालको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुल्ला गरिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका राजनैतिक एवं ऐतिहासिक घटनाक्रमहरु समेटेर प्रर्दशनीको व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

हनुमानढोका दरबारमा रहेका केही चोकहरु लगायत दरबारसँग सम्बन्धित १०० वर्ष अगाडिका फोटोहरु गोलघरमा प्रर्दशनी साथै गरगहानसम्बन्धी कक्ष यस अगाडि नै सर्वसाधारणका लागि खुला गरिएको छ ।

Facebook Comments