Wed. Dec 25th, 2024

रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु

काठमाण्डौं, २०७८ चैत १५ गते मंगलबार ।  रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । टर्कीको इस्तानबुलमा भइरहेको वार्तामा सहभागी दुबै देशका प्रतिनिधिहरूलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वागत गर्नुएको छ ।

रुस र युक्रेनबीच यसअघि तीन चरणमा भौतिक उपस्थितिमा वार्ता भएको थियो भने चौथो चरणमा भिडियो कुराकानीमार्फत वार्ता भएको थियो ।

झन्डै दुई हप्तापछि भएको आजको वार्तामा युद्ध रोक्ने अवस्था नआए पनि युद्धग्रस्त क्षेत्रमा फसेकाहरूलाई उद्धार गर्ने वातावरण बन्ने अपेक्षा रहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आजको वार्तामा प्रगति भएमा युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको सम्भावना बढ्ने टर्कीका राष्ट्रपति एर्दोगानले बताउनुभएको एएफपीले जनाएको छ ।

जेलेन्स्कीले पुटिनसँग सिधा वार्ताको आह्वान गर्दै आउनुभएको छ भने रुसले उच्चस्तरीय वार्ताको समय भइनसकेको बताएको छ । एजेन्सी

Facebook Comments