Fri. May 3rd, 2024

तेस्रो जित सहित आरसीटी चौंथौ स्थानमा उक्लियो

काठमाण्डौं, २०७८ चैत १० गते बिहीबार । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बिहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा आरसीटीले सामाजिक युथ क्लबलाई ३-० ले पराजित गरेको हो । आरसीटीको जितमा प्रज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गर्नु भयो ।

विश्वासले खेलको ५ औं मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाउदाँ प्रज्वल गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै आरसीटीको अग्रता दोब्बर बनाउनु भयो । त्यसको ४ मिनेट पछि प्रज्वलले ब्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीको जित सुनिश्चित गर्नु भयो

जितसँगै आरसीटीले ८ खेलबाट १२ अंक जोडेको छ र तालिकाको चौथों स्थानमा उक्लिएको छ । सामाजिक युथले भने ८ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा यथावत रहेको छ ।

Facebook Comments