Thu. May 2nd, 2024

फिफा विश्वकप २०२२ को दोस्रो चरणको टिकट बिक्री आजदेखि खुल्दै

काठमाण्डौं, २०७८ चैत ९ गते बुधबार । फिफा विश्वकपको दोस्रो चरणको टिकट बिक्री मार्च २३, बुधबार, दोहा समय अनुसार दिउँसो १ः३० बजे (नेपाली समय अनुसार दिउँसो ३ः४५) बाट सुरु हुने भएको छ । पहिलो चरणको टिकट बिक्री मार्च २१ गते सकिएको थियो । बिक्री विन्डो मार्च २९ नेपाली समय अनुसार दिउँसो २ः४५ मा समाप्त हुने छ ।

पहिलो चरणको विपरीत जहाँ फ्यानहरूले टिकटहरूको लागि आवेदन दिनुपर्ने थियो र त्यसपछि एलोकेसनका लागी पर्खनु पर्यो । तर यस चरणमा पहिले आउने–पहिले सेवाको आधारमा टिकट प्राप्त गर्ने छन् । टिकट खरिद गर्न ईच्छुक ब्यक्तिले टिकटहरू उपलब्ध भए वास्तविक समयमा टिकट प्राप्त गर्न सक्ने छन् ।

टिकटहरू चाँडै बिक्री हुने अपेक्षा गरिएको छ र टिकटहरू किन्न खोज्ने प्रशंसकहरूलाई सकेसम्म चाँडो गर्न सल्लाह दिईएको छ । टिकटहरू फिफाको वेबसाइट मार्फत बिक्री हुने अपेक्षा गरिएको छ ।

विश्वकप नोभेम्बर २१, २०२२ बाट सुरु हुनेछ र फाइनल डिसेम्बर खेल १८ डिसेम्बरमा लुसेल स्टेडियममा हुनेछ ।

मध्यपूर्वमा हुन लागेको पहिलो विश्वकपले यस क्षेत्रका साथै विश्वभर ठूलो चासो जगाएको छ । २०२२ को विश्वकपको टिकटमा सबैभन्दा बढी चासो अर्जेन्टिना, इङ्गल्याण्ड, मेक्सिको, अमेरिका, स्पेन, जर्मनी, युएई, भारत र ब्राजिल जस्ता देशबाट आएको छ ।

Facebook Comments