Fri. May 17th, 2024

चिनियाँ उद्धारकर्ताहरु दुर्घटनाग्रस्त ७३७ बोईङ विमानको ब्ल्याक बक्स खोज्न व्यस्त, विमानलाई गम्भीर क्षति पुगेकोले अनुसन्धान कठिन

काठमाण्डौं, २०७८ चैत ९ गते बुधबार । चीनको क्वाङशीमा सोमबार दिउसो दूर्घटना भएको चाईना ईस्टर्नको विमान बोईङ ७३७ को ब्ल्याक बक्स खोज्न उद्धारकर्ताहरु निरन्तर लागिरहेको चीनको नागरिक उड्डयन प्रशासन CAAC ले बताएको छ ।

CAAC का प्रमुख चु थाओ दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको यात्रुवाहक विमानको ब्ल्याक बक्स निकाल्न उद्धारकर्ताहरुले दिनरात हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ । चु थाओ ले एक प्रेस ब्रीफिंगमा विमानलाई गम्भीर क्षति पुगेको र अनुसन्धान निकै कठिन भएको बताउनु भयो ।

हाल, अनुसन्धान टोलीले प्रक्रिया अनुसार पूर्ण अनुसन्धान गरिरहेको छ, उद्धारकर्ताहरूले दूर्घटनास्थलको खोजी गरिरहेका छन् र ब्ल्याक बक्सहरू खोज्न सबैतिर लागेका छन्, चु थाओ भन्नुभयो ।

टोलीले उडान, मर्मतसम्भार, हवाई ट्राफिक नियन्त्रण, मौसम विज्ञान, विमान डिजाइन र निर्माण लगायतका अन्य पक्षहरूमा पनि राम्ररी अनुसन्धान गरिरहेको छ, चु थाओ भन्नुभयो ।

ज्ञात जानकारीको आधारमा, अधिकारीहरुलाई अझैसम्म यात्री विमान दुर्घटनाको कारणको लागी एक स्पष्ट सुराग छैन, चु थाओ भन्नुभयो ।

Facebook Comments