Fri. May 3rd, 2024

सावित्रा भण्डारी दशककै सर्वोत्कृष्ट महिला खेलाडी

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्र्तत दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित हुनु भएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अवार्ड कायक्रममा सावित्रा भण्डारी (साम्बा) लाई दशककै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्डले सम्मान गरिएको हो ।

नेपाली महिला फुटबलमा गोल मेसीन नामले चिनिने सम्बाले २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरे यताँ ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गर्नु भएको छ । क्लब फुटबलमा एपीएफबाट खेल्ने सम्बाले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आउनु भएको छ । २५ वर्षीय उनले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जित्नु भएको थियो ।

सम्बा नेपालले १२ औं र १३ दक्षिण एसियाली खेलकुदमा रजत पदक हासिल गर्दा नेपाली टिमको महत्वपूर्ण सदस्य हुनु हुन्यो ।

भारतीय महिला लिग समेत खेल्ने उहाँले सो प्रतियोगितामा पनि उतकृष्ट प्रदर्शन गर्दै आउनु भएको छ ।२०१९ मा सेथु एफसीका लागि खेल्दै उपाधि दिलाएकी सम्बाले त्यसपछिको सिजन गोकुलम केरलाबाट खेल्दै उपाधि जित्नु भएको थियो ।

Facebook Comments