Fri. May 3rd, 2024

पीएनजीविरुद्ध नेपाल विजयी

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई क्रिकेट रंगशालामा मंगलबार सम्पन्न खेलमा पीएनजीले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले अविजित ५९ अर्धशतकिय योगदान दिदाँ रोहित पौडेलले ४४ रनमा नटआउट रहनु भयो । यस्तै कुशल भुर्तेल ५० रनमा आउट हुनु भयो ।

पीएनजीका चाल्र्स अमिनीले दुई विकेट तथा काबुआ मोरेले १ विकेट लिनु भयो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान दिनुभयो । पीएनजा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट हुनु भयो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट हात पार्दा करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिनु भयो ।

जितसंगै ७ टिम सहभागी लिग-२ मा नेपालले १२ खेलमा ६ जित र ६ हार सहित १२ अंक जोडेको छ । नेपाल लिगको पुछारबाट दोस्रो स्थानमा छ । १६ खेलमा १ जित निकाल्दै २ अंक जोडेको पीएजी तालिकाको पुछारमा छ । २८ खेलमा १७ मा जित र ९ मा हार बेहोरेको ओमान ३६ अंक सहित शिर्ष स्थनमा छ । दोस्रो स्थानमा रहेको युएईले १८ खेलमा १० मा जित र ६ खेलमा हार सहित २२ अंक जोडेको छ । लिग-२ तालिकाको तेस्रो स्थानमा स्कर्टल्यान्ड रहेको छ । उस्ले १२ खेलमा ७ जित र३ हार सहित १६ अंक जोडेको छ ।

२०२३ सम्म चल्ने विश्वकप लिग-२ का शीर्ष तीन टोलीले सोही बर्ष भारतमा आयोजना हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Facebook Comments