Tue. May 21st, 2024

जापानमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

काठमाण्डौं, २०७८ चैत ३ गते बिहीबार । जापानमा शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ ।

पूर्वी जापानको ठूलो भू-भागलाई हल्लाउने गरि आएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । पूर्वी जापानको शिरोइसीमा बिहीबार आएको ७ दशमलव ३ म्याग्निच्युटको शक्तिशाली भूकम्पपछि अधिकारीहरुले सुनामी आउन सक्ने चेतावनी दिएका छन् ।

देशको उत्तरपूर्वी क्षेत्रका बासिन्दा र अधिकारीहरूले स्थानिय समय अनुसार आज विहान सबैरै आएको सो भूकम्पपछि प्रारम्भिक रूपमा क्षतिको आंकलन गर्ने प्रयासलाई जारी राखेका छन् ।

अधिकारीहरुले भूकम्पपछि सुनामी जान सक्ने भन्दै सतर्क रहन आग्रह गरेको समाचार स्थानीय सञ्चार माध्यमहरुले प्रसारण गरेका छन् ।

Facebook Comments