Thu. Jul 30th, 2026

चीनको मरूभूमि रेलवे आगामी जुनमा सञ्चालन हुने

       

काठमाण्डौं, २०७८ चैत ३ गते बिहीबार । ताक्लिमाकान मरूभूमि विश्वमा दोस्रो ठूलो चलायमान मरूभूमि हो जसलाई “मृत्युको सागर”भनिन्छ। यस कठोर प्राकृतिक वातावरणमा एउटा गोलकार रेलवे यही वर्ष जुनमा सञ्चालन हुँदैछ। यही मार्च १२ तारिख ८२५ किलोमिटर लामो सिन च्याङ ह रो रेलवे सफल रूपमा परीक्षण भएको छ।

जिम्मेवार व्यक्तिका अनुसार, परीक्षण सफल भएर सुरक्षाको मूल्याकन पछि रेलवेको सञ्चालनको तयार हुनेगर्छ। ह रो रेलवे सन् २०१८ को अन्त्यदेखि निर्माण शुरू भएर गत वर्षको सेप्टेम्बरमा सबै ट्र्याक निर्माण सम्पन्न भएको थियो।

ताक्लिमाकान मरूभूमि वरिपरि निर्माण गरिएको उक्त रेलवै दक्षिण सिनच्याङको यातायातमा धेरै सुविधा थपिने छ। सन् २०२० मा उत्तर सिन च्याङ क्षेत्रको गोलकार रेलवेको आधारमा चीनको सिन च्याङ क्षेत्रमा अर्को गोलकार रेलवे थपिएको छ।

Facebook Comments

सम्बन्धित समाचार