Sat. Jun 29th, 2024

चीनका प्रधानमन्त्रीद्वारा पत्रकार सम्मेलनको आयोजना

काठमाण्डौं, २०७८ फागुन २७ गते शुक्रबार । तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन ११ तारिख बिहान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली ख छ्याङले देश विदेशका पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ।

गत वर्ष चीनको आर्थिक वृद्धि दर ५.५ प्रतिशत पुगेको चर्चा गर्दै प्रधानमन्त्री लीले चीनले एउटा ठूलो आर्थिक समूहको रूपमा मध्य-उच्च गतिको वृद्धि दरलाई कायम राख्न सजिलो नभएको औँल्याउनुभएको छ।

युक्रेन परिस्थितिसम्बन्धमा प्रधानमन्त्री लीले चीनले वार्तामार्फत रूस र युक्रेन बीचको क्षेत्रीय संकटको समाधानकालागि उच्च समर्थन गरेको बताउनुभएको छ।

हालै केन्द्रीय सरकारले हङकङ महामारीको अवस्थामाथि उच्च ध्यान दिएकोले हङकङ नागरिकको जन-धनको सुरक्षाको प्रत्याभूति गर्न केन्द्रीय सरकारले हङकङलाई सक्दो सहयोग गर्ने पनि व्यक्त गर्नुभएको छ।

हालसम्म चीनमा स्वतन्त्र रूपमा रोजगारी भएको जनसंख्या २० करोड भन्दा बढी भएकोले यी समूहको श्रमिक अधिकार र सामाजिक बिमाको प्रत्याभूति गर्न चीन सरकारले सम्बन्धि नीतिको सुधार गर्दैजाने पनि उहाँले बताउनुभएको छ।

प्रधानमन्त्री लीले चीनले महामारी नियन्त्रण र आर्थिक तथा सामाजिक विकासको समन्वय गर्नुका साथै अन्तर्राष्ट्रिय सहयोग बढाइरहेको भन्दै चीनले भाइरस विशेषताको आधारमा वैज्ञानिक रूपमा महामारीको नियन्त्रण गरी जनताको स्वास्थ्य र उत्पादन तथा जीवन व्यवस्थाको संरक्षण गर्ने व्यक्त गर्नुभयो।

लीले ५० वर्षअघि चीन र अमेरिकाबीच सम्बन्ध सामान्य भएको औँल्याउँदै दुई देशबीच ढोका खोलेपछि फेरि बन्द हुनु नहुने कुरा दोहोर्याउनुभयो। प्रधानमन्त्री लीले चीनले वैदेशिक खुलापन भएको ४० वर्षभन्दा लामो समययता चीन र विश्वलाई फाइदा पुर्याएको भन्दै चीनले यो ढोकालाई बन्द नगर्ने कुरामा पनि जोड दिनुभएको छ। सीआरआई

Facebook Comments