Mon. May 20th, 2024

चितवनमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाण्डौं, २०७८ फागुन २८ गते शनिबार । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।  इच्छाकानमा गाउँपालिका- २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार बेलुका ५ बजेतिर दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको ज्यान गएको हो ।

गोरखापत्र अनलाईनका अनुसार मृत्यु हुनेमा चितवनको इच्छाकामना-३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना-२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् ।

मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments