Wed. Jun 26th, 2024

प्रतिनिधिसभाको आईतबार बस्ने बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि छलफल हुने

काठमाण्डौं, २०७८ फागुन २७ गते शुक्रबार । प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ। आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने हुनुभएको हाे।

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएकाे छ । यसअघिको प्रतिनिधिसभाकाके बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको थियाे । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दलका नेकपा (एमाले) पनि सहभागी छ।

गोरखापत्र अनलाईनका अनुसार महाभियोग सिफारिस समितिमा नेपाली काँग्रेसका मीनबहादुर विक, रामबहादुर विष्ट, नेकपा (माओवादी केन्द्र) यशोदा सुवेदी, रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी)का कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य हुनुहुन्छ ।

Facebook Comments