Tue. Dec 24th, 2024

प्रधानन्यायाधिश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसकिने नेपाल बारको घोषणा

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । नेपाल बार एशोसिएशनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले प्रतिनिधिसभामा दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि यथाशीघ्र कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताउनुभयो ।

उहाँले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको भुमिकाका कारण सर्वोच्च अदालतमा मुद्दाहरु पर्ने गरेको र त्यस्ता मुद्दाहरु प्रधानन्यायाधीशकै नेतृत्वमा गठन भएको संवैधानिक इजलासले हेर्ने गरेको उल्लेख गर्दै यसमा प्रधानन्यायाधीशको संलग्नता नरहने गरी संविधान संशोधन गर्न पनि माग गरेको बताउनुभयो ।

Facebook Comments