Mon. May 20th, 2024

युक्रेनको बन्दरगाह नगर खेअर्सन रुसी सेनाको नियन्त्रणमा

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । युक्रेनको बन्दरगाह नगर खेअर्सनका मेयरले त्यहाँ रुसी सेनाले नियन्त्रण कायम गरेको बताउनु भएको छ ।

अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण सहर हो। मेयर इगोर कोलीखाएभले उक्त सहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेख्नु भएको छ ।

उहाँले भन्नुभएको छ, “मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ।”

रुसी सैनिकहरूले स्थानीय समयानुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेख्नु भएको छ । बीबीसी

Facebook Comments