Mon. Dec 23rd, 2024

रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनको राजधानीतर्फ बढ्दै

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार ।  भूउपग्रहसम्बन्धी कम्पनी म्याक्सआर टेक्नोलोजिजले सार्वजनिक गरेका तस्वीरमा रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनको राजधानी किएभतर्फ बढिरहेको बीबीसीले जनाएको छ ।

बेलारुसमा युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी फौजले निरन्तर रुपमा आक्रमण गरिरहेको छ । रुसी आक्रमणका कारण दर्जनौं सर्वसाधारणहरुको ज्यान गएको छ । राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्।

उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा सोमवार रुसी क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने आफ्नो योजना रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ। बीबीसी

Facebook Comments