Tue. Dec 24th, 2024

एकीकृत समाजवादीको अडानका कारण एमसीसी जस्ताको जस्तै अनुमोदन हुनबाट जोगियो : माधव कुमार नेपाल

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पहलका कारण अमेरिकी सहयोग परियोजना एमसीसी जस्ताको तस्तै अनुमोदन हुनबाट जोगिएको दाबी गर्नुभएको छ ।

आज एमसीसी सम्झौताबारे पार्टीको अधिकारी धारणा सार्वजानिक गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनु भएको हो । उहाँले आफूहरुले व्याख्यात्मक घोषणसहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने बताउनु भयो ।

उहाँले भन्नुुभयो, ‘यदि हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तो अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्थ्यो । त्यसो हुनबाट जोगिएको छ । यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ ।’

देश, जनता, संविधान, व्यवस्था र जन चाहनाअनुसार नै व्याख्यात्मक घोषणासिहत एमसीसी अनुमोदन गरको अध्यक्ष नेपालद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ‘। हाम्रो यो निर्णय, देश, जनता, संविधान र जन चाहनाको सम्मानसहित गरिएको निर्णय हो । यसले अहिले सञ्चालित एवम भविष्यमा समेत सञ्चालन हुने विकास परियोजनहरुलाई मार्ग निदर्शन गर्छ ।’

नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी समेत गर्दै तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको बताउनु भयो । त्यो दिन माधवकुमार नेपालसहित १४ जना सांसदको मुद्दा पेशीमा चढेको थियो । तर सत्तारुढ गठबन्धनका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप समेत लगाउनु भएको छ ।

सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरी तमासा देखाएको नेपालले बताउनुु भयो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’ आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दाबी गरे । सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उहाँले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताउनु भयो ।
यस्तो बेलामा चीनको चासो स्वाभाविक भएको भन्दै आफूहरु असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेको बताउनु भयो ।

Facebook Comments