Mon. May 20th, 2024

बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भू-भागबाट युक्रेनमाथि आक्रमण भएकोले मिन्स्कमा वार्ता सम्भव नहुने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो, “त्यो भूभागबाट हामीमाथी आक्रमण नगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो‘ अरू सहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ।”

“हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ, हामी युद्धको समाप्ति चाहन्छौँ। वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु हामीले यी सहर रुसीहरूलाई प्रस्ताव गरेका छौँ।”

उहाँले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा वार्ता हुनसक्ने बताउनु भयो।

“हामीमाथि क्षेप्यास्त्र प्रहार नभएको अन्य जुनसुकै क्षेत्रको सहर भए पनि हुन्छ। यो मात्रै इमानदारितापूर्वक वार्ता गर्ने र युद्ध साँच्चिकै अन्त्य गर्ने बाटो हो।” बीबीसी

Facebook Comments