Mon. May 20th, 2024

बेलारुसको सीमामा रुससँग वार्ता: युक्रेन

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताउनु भएको छ ।

“हामी युक्रेन-बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भयौँ,” विज्ञप्तिमा भनिएको छ।

“अलेक्जेन्डर लुकासेन्कोले बेलारुसमा भएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्र युक्रेनी टोलीको यात्रा, वार्ता र फर्कँदासम्म प्रयोग नहुने जिम्मेवारी लिनुभएको छ ।”

रुस र बेलारुसले यसबारे कुनै विज्ञप्ति निकालेका छैनन्। बीबीसी

Facebook Comments