Tue. May 14th, 2024

अविजित रहदै एपीएफ फाईनलमा

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । लिग चरणमा सतप्रतिशत नतिजा निकाल्दै विभागिय टोली नेपाल एपीएफ क्लब ललितपुर मेयर महिला टी-२० च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आईतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै एपीएफ फाईनलमा प्रवेश गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको ४५ रनको सामान्य लक्ष्य एपीएफले बिना कुनै विकेट गुमाएर मात्र ६ दशमलब ४ ओभरमा पुरा गर्यो । एपीएफको जितमा ज्योती पाण्डेले अविजित २२ रन तथा सिता राना मगरले अविजित १७ रनको ईनिङस् खेल्नु भयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ४४ रन बनाएको थियो ।

लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक १५ रन तथा लक्ष्मी चौधरीले ११ रनको योगदान दिनु भयो । एपीएफका लागि रेखा रावलले सर्वाधिक ३ विकेट लिनु भयो ।

प्रतियोगिताको फाईनल खेलमा एपीएफले सुदुरपश्चिमको सामना गर्ने छ । एपीएफ र सुदुरपश्चिमबीचको फाइनल सोमबार टियु मैदानमा खेलिने छ ।

Facebook Comments