Mon. May 20th, 2024

लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने

काठमाण्डौं, २०७८ फागुन ११ गते बुधबार । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने भएको छ।

बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिनुधभयो । ‘एमसीसी सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’

उहाँले लोसपाले एमसीसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताउनुभयो । बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

Facebook Comments