Mon. May 13th, 2024

नेपालले खेल्ने विश्वकप लिग-२ अन्तर्गत युएई र पीएनजीविरुद्धको खेल तालिका सार्वजनिक

काठमाण्डौं, २०७८ फागुन ११ गते बुधबार । आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक अवे सिरिज अन्तर्गत नेपालले अर्को महिना युएई मा खेल्ने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । मार्च तेस्रो साताबाट सुरु हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल सहित आयोजक युएई र पपुवा न्युनिगी रहेका छन् ।

क्रिकईन्फोले जारी गरेको तालिका अनुसार नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्ने छ । यो खेल शाहजाह क्रिकेट स्टेडियममा खेलिने छ । यस्तै दोस्रा र तेस्रो खेल क्रमस १८ र २१ मार्च युएईसंग दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा खेल्दा अन्तिम खेल २२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुबईमा खेल्ने छ । यद्यपी नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजको आधिकारिक तालिका घोषणा गरेको छैन । यस सिरिज पश्चात नेपालले मार्च अन्तिममा घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि-२० आई सिरिज खेल्नेछ ।

नेपालले आइसीसी विश्वकप लिग-२ मा एक होम र एक अवे गरी दुई त्रिकोणात्मक सिरिज खेलको छ । नेपालले २०२० मा घरेलु मैदान र असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको थियो ।नेपालले विश्वकप लिग-२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ ।
आइसिसी विश्वकप लिग-२ को अंक तालिकामा ३० अंक सहित ओमान शिर्ष स्थानमा छ । ओमानले २३ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३० अंक जोडेको छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

२०२३ सम्म चल्ने विश्वकप लिग-२ का शीर्ष तीन टोलीले सोही बर्ष भारतमा आयोजना हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Facebook Comments