Mon. May 20th, 2024

भोलीको संसद् बैठकको कार्यसूचीमा एमसीसी राखियो, छलफल हुने

काठमाण्डौं, २०७८ फागुन ११ गते बुधबार । भोली बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल हुने भएको ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ ।

संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

‘अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।’ संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

Facebook Comments