Mon. May 13th, 2024

पैचिङ हिउँदे ओलम्पिक गाउँ हिउँदे पाराओलम्पिक गाउँमा रूपान्तरण

काठमाण्डौं, २०७८ फागुन १० गते मंगलबार। पैचिङ हिउँदे ओलम्पिक समापन भएपछि फेब्रुअरी २१ तारिखदेखि पैचिङ हिउँदे ओलम्पिक गाउँलाई हिउँदे पाराओलम्पिकको छविमा रूपान्तरण गर्नथालिएको छ। त्यसमध्ये अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिको लोगो, पैचिङ हिउँदे पाराओलम्पिक खेलकुदको प्रतीक र शुभंकर चिन्ह, तथा अरू खेलकुद प्रतीकहरू समेटिएका छन्।

अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिको आवश्यकता अनुसार, प्रतियोगिता स्थलमा हिउँदे ओलम्पिक र हिउँदे पाराओलम्पिक खेलकुदका लागि सामान्य छवि, परिदृश्य र लोगो परिवर्तन गर्नु पर्दैन। तर ब्रेल लिपि तथा चिन्ह थप्न आवश्यक छ। यो काम फेब्रुअरी २४ दिउँसो २ बजेअघि सम्पन्न हुने जनाइएको छ। सीआआई

Facebook Comments