Mon. May 13th, 2024

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाखद्वारा चाइना मिडिया ग्रुपलाई बधाई पत्र

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाखले पैचिङ हिउँदे ओलम्पिक खेलकूद सफलताका साथ सम्पन्न भएको अवसरमा फेब्रुअरी १९ तारिख चाइना मिडिया ग्रुपका निर्देशक शन हाई स्युङलाई एक बधाई पत्र पठाउनुभएको छ। सो पत्रमा चाइना मिडिया ग्रुपद्वारा यस पटकको हिउँदे ओलम्पिकको उत्कृष्ट प्रसारणको लागि बधाई दिइएको छ।

पत्रमा अध्यक्ष बाखले यस पटक पैचिङ हिउँदे ओलम्पिकको अति उच्च दर्शकबाट चिनियाँ जनताहरूद्वारा हिउँदे ओलम्पिकको रोचकता बढाउनुका साथै हिउँदे खेलकुदमा चिनियाँहरूको ठूलो प्रभाव देखिएको कुरा व्यक्त गर्नुभएको छ ।

अध्यक्ष बाखले भविष्यमा चाइना मिडिया ग्रुपसँगको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सहकार्य गर्नसक्ने अपेक्षा लिँदै ओलम्पिकको प्रभावलाई अरू बढी विस्तार पार्न सक्ने कुरा पनि व्यक्त गर्नुभएको छ।

Facebook Comments