Mon. May 20th, 2024

पैचिङ हिउँदे ओलम्पिक खेलकूद भव्य रुपमा सम्पन्न (फोटो फिचर सहित)

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । चीनको राजधानी पैचिङमा २४औं हिउँले ओलम्पिक खेलकूद प्रतियोगिता भव्य समारोहको आयोजना गर्दै आईतबार वेलुकी सम्पन्न भएको छ । पैचिङस्थित राष्ट्रिय रङगशालामा आयोजना गरिएको भव्य समापन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाख उपस्थित हुनुभएको थियो।

यहि फेब्रुअरी ४ तारिखदेखि २० तारिखसम्म आयोजना गरिएको सो खेलकूद प्रतियोगितामा ९१ वटा देश र क्षेत्रबाट आएका झण्डै ३ हजार जना खेलाडीहरुले कडा मेहनतका साथ २ वटा विश्व रेकर्ड र १७ वटा हिउँदे ओलम्पिक खेलकूदको रेकर्ड तोडेका छन् ।

समापन समारोहमा एक भव्य उत्सवको आयोजना गर्दै ओलम्पिक झण्डा ईटालीलाई हस्तान्तरण गरिएको थियो । यूरोप महादेशको इटालीको मिलान शहरमा २५ औं हिउँदे ओलम्पिक प्रतियोगिताको आयोजना हुनेछ ।

समारोहलाई सम्बोधन गर्नुहुँदै अन्तर्राष्ट्रिय ओलम्पिक समितीका अध्यक्ष थोमस बाखले हिउँदे ओलम्पिकलाई अद्वितीय रुपमा सम्पन्न गरेकोमा चीन सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । साथै उहाँले चीन हिउँदकालिन खेलकूदको वलियो देश भएको पनि बताउनु भयो ।

फोटो : सिन्ह्वा न्यूज एजेन्सी

Facebook Comments