Mon. May 20th, 2024

सांसद दिपक कार्कीद्वारा प्रदेश खारेजीको माग

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले सबै प्रदेश सरकार खारेज गर्न माग गर्नुभएको छ । संविधान सभाका सदस्य समेत रहनु भएका कार्कीले प्रदेश सरकार खर्चको काल मात्र भएको भन्दै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुने तर्क गर्नुभयो ।

प्रदेश सरकारको कामै नभएको भन्दै अध्यक्ष कार्कीले समन्वयका लागि ७ सदस्यीय इकाई बनाइदिए प्रदेशमा परेका समस्या हेर्न सक्ने उहाँको भनाइ छ । आवश्यक परेको खण्डमा समन्वय इकाईका लागि सरकारले ७ जनालाई नियुक्त गर्न सक्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकार व्यवहारमा चाहिन्छ जस्तो देखिदैन अध्यक्ष कार्कीले भन्नुभयो । यो खर्चको काल मात्र भएको र प्रदेश सरकारलाई दिइने बजेट त्यो सिधै स्थानीय तहमा पठाईदिए कति विकास हुन्छ भन्दै कार्कीले प्रश्नसमेत गर्नुभएको छ ।

एक नम्वर प्रदेशको उदाहरण दिँदै कार्की भन्नुहुन्छ, प्रदेश १ मा ७ वटा मन्त्रालयले चल्दै थियो । अहिले भागबण्डामा १४ वटा भयो । भागबण्डामा १४ वटा मन्त्रालय भएसँगै १४ वटा गाडी, १४ वटा क्वाटर, १४ वटा सेक्युरिटी, १४ वटा सचिवालय कहाँ पुग्छ स्थिति त्यसकारण यसको कामै छैन । अब प्रदेश सरकार खारेज गर्नुपर्छ ।

इमेज खवरका अनुसार पछिल्लो समय राजनीतिमा युवाको बितृष्णा भएको भन्दै कार्कीले राजनीतिमा युवाको सक्रिय सहभागीता आवश्यक भएको समेत बताउनुभएको छ ।

Facebook Comments