Sun. May 19th, 2024

नेपाल बार एशोशिएसनको निर्वाचन चैत १९ गते

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ निर्वाचन हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार निर्वाचनमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने, नामावलीमा दाबी विरोध फागुन १३ गते, अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको समितिले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार समितिका अनुसार फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरिनेछ । साथै, चैत १९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने र निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

Facebook Comments