Sun. May 19th, 2024

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ।

दरवारले महारानीलाई “सामान्य चिसो लागेजस्तो लक्षण” देखिएको जनाएको छ। तर उहाँले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ।

“उहाँ निरन्तर स्वास्थ्य निगरानीमा रहनुहुनेछ र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्नुहुनेछ,” दरवारले वक्तव्यमा भनेको छ।

गत साता सङ्क्रमण पुष्टि भएका उहाँका जेठा छोरा प्रिन्स अफ वेल्ससँग महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ।

पन्चानब्बे वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गर्नुभएको छ । बेलायतमा सबैभन्दा लामो शासन गर्नुभएकी महारानीको गत फेब्रुअरी ६ मा शासनको ७० वर्षे उत्सव मनाइएको थियो। त्यसको पूर्व सन्ध्यामा उहाँ तीन महिनापछि सार्वजनिक भेटघाटमा सामेल हुनुभएको थियो । बीबीसी

Facebook Comments