Mon. May 20th, 2024

पृथ्वीनारायण शाहका दिव्य उपदेश राप्रपा नेपालका मार्गदर्शक सिद्धान्त

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । राप्रपा नेपालको पहिलो केन्द्रीय कार्य समितिको बैठकले विभिन्न १० निर्णय गरेको छ। कमल थापाको अध्यक्षतामा हिँजो (आईतबार) बसेको पहिलो केन्द्रीय कार्य समिति बैठकले पार्टीको घोषणपत्र र विधान मस्यौदा परिमार्जनसहित पारित गर्दै विभिन्न निर्णय गरेको हो।

राप्रपाले पृथ्वीनारायण शाहलाई आदर्श पुरुष र राष्ट्रनिर्माताको दिव्य उपदेशलाई मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको हो। धर्म निरपेक्षता खारेज गर्नुपर्ने र संघीयताको संरचना परिवर्तन गर्नुपर्ने मागसमेत राप्रपा नेपालले गरेको छ।

लोकतान्त्रिक हिन्दूराष्ट्र पार्टीको मुख्य कार्यनीति बनाउने निर्णय गरेको बैठकपछि सार्वजनिक विज्ञप्तिमा उल्लेख छ। हिन्दू राष्ट्रको पुनःस्थापना, सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा भनिएको छ।

सँगै राप्रपा नेपालले स्थानीय निकायको निर्वाचन तयारीका लागि निर्वाचन परिचालन समितिसमेत बनाएको छ। बैठकले स्थानीय निर्वाचन घोषणापत्र तयारी समूहदेखि सल्लाहकार समूहसम्म बनाएको छ ।  बैठकले स्थानीय निर्वाचन घोषणापत्र तयारी समूहदेखि सल्लाहकार समूहसम्म बनाएको छ । गोरखापत्र अनलाईन

Facebook Comments