Sun. May 5th, 2024

युक्रेनमाथि कुनै पनि दिन रुसी आक्रमण हुनसक्ने अमेरिकाको चेतावनी

काठमाण्डौं, २०७८ माघ २९ गते शनिबार । युक्रेनमाथि ”कुनै पनि बेला” आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ।

हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यहाँबाट निस्कन अप्ठ्यारो पर्न सक्ने र त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने शुक्रवार ह्वाइट हाउसले जनाएको छ।

युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरिएको भए पनि रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ।

यूके, क्यानडा, नेदरल्यान्ड्स, लाटभिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन्

रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ”ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा” रहेको बताएका छन्। बीबीसी

Facebook Comments