Wed. May 8th, 2024

झापाको मगमग चाउचाउ उद्योगमा भिषण आगलागी, १४ वटा दमकल परिचालित

काठमाण्डौं, २०७८ माघ २९ गते शनिबार ।  झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आगो नियन्त्रणका लागि आवश्यक सबै प्रयासहरु भइरहेको छ ।

मनषा फुडद्वारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागिको कारण भने अहिलेसम्म नखुलेको बताईएको छ । एक साता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियोे भने आगोलागि नियन्त्रण गर्न ७ घण्टा लागेको थियो ।

Facebook Comments