Tue. May 21st, 2024

एमसीसी विरुद्ध हेटौंडामा प्रदर्शन

काठमाण्डौं, २०७८ माघ २६ गते बुधबार । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज हेटौंडा लगायत देशका विभिन्न शहरहरुमा प्रदर्शन भएको छ ।

सरकारले एमसीसी सम्झौता प्रकिया अघि बढाउने तयारी गरेसंगै पछिल्लो केहिदिन यता देशभर एमसीसी विरुद्ध विरोध प्रदर्शन भईरहेको हो । यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि एमसीसी विरुद्ध प्रदर्शन गरिएको हो ।

एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै विभिन्न दलहरुले विरोध प्रदर्शन गरेका हुन् । नेपालमा बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत योजना बनाउन लागेको प्रदर्शनकारीहरुको भनाई छ ।

Facebook Comments