Fri. May 17th, 2024

च्याम्पियन चिनियाँ खेलाडी कु आइलिङ

काठमाण्डौं, २०७८ माघ २६ गते बुधबार । फेब्रुअरी ८ तारिख मंगलबार  पैचिङ हिउँले ओलम्पिक खेलकूदको महिला फ्री स्की बिग एयरको फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी कु आइलिङले स्वर्ण पदक प्राप्त गर्नुभएको छ। यस पटकको हिउँदे ओलम्पिक खेलकूदमा चीनले पाएको यो तेस्रो स्वर्ण पदक हो।

१८ वर्षीय ओलम्पिक च्याम्पियन कुलाई धेरै शुभकामना दिइँदै उहाँको चुनौती सामना गर्ने आँट र गुणलाई चिनियाँहरूले प्रशंसा गरेका छन्।

खेलाडी कु सबभन्दा आकर्षक हिउँदे खेलाडी बन्नुभएको छ ।

Facebook Comments