Tue. Apr 30th, 2024

एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि

काठमाण्डौं, २०७८ माघ २६ गते बुधबार । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ।

परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो ।

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस पटक हुन लागेको हो ।

Facebook Comments