Fri. May 17th, 2024

राष्ट्रपति पुटिनद्वारा सीएमजीका महानिर्देशकलाई अन्तर्वार्ता

काठमाण्डौं, २०७८ माघ २० गते बिहीबार । पैचिङ हिउँदे ओलम्पिक खेलुकदको उद्घाटन समारोहमा उपस्थित हुनुअघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सीएमजीका महानिर्देशक शन हाइस्युङलाई लिखित अन्तर्वार्ता दिनुभएको छ।

चीन-रूस छिमेकी मुलुकबीच खेलकुदले के विशेष भूमिका निर्वाह गरेको र दुई देशबीच हिउँ खेल र उद्योगलाई कसरी अरू बढाइने भन्ने शन हाइस्युङको प्रश्नको जवाफ दिँदै पुटिनले रूस र चीनबीच खेलकुदसम्बन्धी सम्पर्कमा व्यापक विशेषता रहेको छ र दुई पक्षबीच मानवीय तथा साँस्कृतिक सहयोगमा निकै महत्वपूर्ण स्थान रहेको व्यक्त गर्नुभयो। पैचिङले उच्च स्तरीय हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने विश्वास आफूले लिएको र सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरेको पनि उहाँले बताउनुभयो।

सन् २०१९ मा दुई देश सम्बन्धलाई चीन-रूस नयाँ युगमा सम्पूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धको स्तरमा उकासिएको थियो भने सन् २०२१को जुन २८ तारिख चीन-रूस मैत्रीपूर्ण सहयोग सन्धिको अवधिलाई लम्ब्याइएको थियो र दुई देश सम्बन्धको लागि यो के महत्वपूर्ण अर्थ रहेको छ भन्ने शन हाइस्युङको प्रश्नको जवाफ दिँदै पुटिनले रूस-चीन सम्बन्ध सम्मान तथा पूर्वाग्रहरहित विचारधाराका आधारमा विकास भएको हो भने आपसी सम्बन्ध स्थिर तथा राजनीतिबाट अप्रभावित रहेको उल्लेख गर्नुभयो। सीएमजी

Facebook Comments