Thu. May 2nd, 2024

माथिल्लो तामाकोशीबाट पिकआवरमा ३५० मेगावाट विद्युत उत्पादन

काठमाण्डौं, २०७८ माघ २० गते बिहीबार । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमाभन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।
साँझ बिहान आयोजनाको पिकिङ आवर भएकाले दिनमा भन्दा बढी उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ट प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म पिकिङ आवर भएकाले ३५० मेगावाटसम्म उत्पादन हुन्छ । दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । अहिले फिक्स नभइसकेकाले माग अनुसार विद्युत्् दिनु पर्दा बढीभन्दा बढी उत्पादन दिने गरिएको छ ।

दिनमाभन्दा रातमा विद्युत् खपत हुने गरेकाले छ वटै युनिटमा उत्पादित विद्युत् माग आए अनुसार यसरी वितरण गरिएको प्रशासन वरिष्ट प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

मानिसले धेर विद्युत् प्रयोग गर्दा आयाृजनाको उत्पादन बढ्ने तथा कम प्रयोग हुँदा कम हुने क्रम चरिरहेको छ । मङसिरदेखि जेठसम्म सुख्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु सभाविक रहेको उहाँको भनाइ छ । गोरखापत्र अनलाईन

Facebook Comments