Mon. Apr 27th, 2026

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सुरू

       

काठमाण्डौं, २०७८ माघ १९ गते बुधबार । फेब्रुअरी २ तारिख बिहान ९ बजे सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम पैचिङ ओलम्पिक फरेस्ट पार्कमा औपचारिक रूपमा सुरू भएको छ। आजको ज्योति रिले कार्यक्रम ओलम्पिक फरेस्ट पार्क, पैचिङ हिउँदे ओलम्पिक पार्क, शौकाङ पार्क समेत तीनवटा क्षेत्रमा आयोजना भएको छ भने बेलुका सात बजेसम्म चलेपछि अरू प्रदर्शनमूलक कार्यक्रम आयोजना हुने जनाइएको छ।

ज्योति रिलेका पहिला तीन जना भनेको पूर्व विश्व स्पीड स्केटिङका च्याम्पियन लो चह्वान, अन्तरिक्ष बहादुर चिङ हाइफङ र वैज्ञानिक ये फेच्येन हुनुहुन्छ र अन्तिम रिले बर्ड नेस्टका डिजाइनर ली सिङकाङ हुनुहुन्छ।

प्राप्त जानकारी अनुसार, यस पटकको ज्योति रिले कार्यक्रममा जम्मा गरी १३५ जना ज्योति वाहक संलग्न हुनुहुन्छ र रिले दूरी १०.६ किलोमिटर छ।

Facebook Comments