Thu. May 2nd, 2024

पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिलिटर १४२ रूपियाँ

- पेट्रोलको मूल्य आकासियो

काठमाण्डौं, २०७८ माघ १८ गते मंगलबार । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।

योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १ सय २५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याएको छ ।

 यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो ।

एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१। ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०।०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।

Facebook Comments