Fri. May 10th, 2024

गण्डकीविरुद्ध लुम्बिनी विजयी

काठमाण्डौं, २०७८ माघ २ गते आईतबार । गण्डकीविरुद्ध लुम्बिनी विजयी प्रधानमन्त्री कप टी-टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी विजयी भएको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

दोस्रो जित हात परे पनि लुम्बिनी यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ । गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीको जितमा देव खनालले अर्धशतकिय इनिङ्स खेल्नु भयो । देवले २६ बलमा ५६ रन जोड्नु भयो । यस्तै सुशान्त थापाले २६ रनको योगदान गर्नुभयो । गण्डकीका सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिएपनी टिमलाई जिताउन सक्नु भएन ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १९ दशमबल १ ओभरमा अलआउट हुदै १ सय ४ रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि अनिल गुरुङले सर्वाधिक ५० रनको अर्धशतकिय ईनिङ्स खेल्नु भयो ।

लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पर्नु भयो । समूह बीबाट चारवटै खेल जित्दै नेपाल एपीएफ क्लब र चारमध्ये तीन खेल जित्दै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Facebook Comments