Tue. May 21st, 2024

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी

काठमाण्डौं, २०७८ माघ २ गते आईतबार । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना  spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीको आधिकारीक फेसबुक पेजमा उल्लेख गरिएको छ ।

Facebook Comments