Sat. May 4th, 2024

‘नो वे होम’ कोभिड महामारीका बेला सबैभन्दा बढी पैसा कमाउने चलचित्र

काठमाण्डौं, २०७८ पुस १२ गते सोमबार । स्पाइडरम्यान शृङ्खलाको नयाँ भाग ग्लोबल बक्स अफिसमा कोभिड महामारी सुरु भएपछि एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ।

‘स्पाइडर म्यान: नो वे होम’ सन् २०२१ मा सबैभन्दा धेरै कमाउने चलचित्र पनि बनेको छ। यो चलचित्रले चिनियाँहरूले बनाएको कोरियाली युद्धसम्बन्धी चलचित्र ‘द ब्याटल अफ लेक चान्जिङ’ लाई पनि उछिनेको छ।

उक्त चलचित्रले संसारभरि ९०.५ करोड अमेरिकी डलर कमाएको थियो। एक अर्ब डलरभन्दा धेरै कमाउने पछिल्लो चलचित्र सन् २०१९ को ‘स्टार वार्ज: द राइज अफ स्काईवोकर’ भएको मिडिया डेटा एनलिक्टिक्स कम्पनी कम्सकोरले जनाएको छ।

अन्य कुनै हलीवुड चलचित्र कोभिड महामारी सुरु भएयता कमाइका हिसाबले बक्स अफिसको उक्त बिन्दुनजिक पुगेका छैनन्। बीबीसी

Facebook Comments