Sat. Sep 21st, 2024

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई यही पुस १२ गतेदेखि निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

प्रदेश नं. १ को लागि मोरङ जिल्ला न्यायाधीश भरत लम्साल, प्रदेश नं. २ को लागि धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशको लागि मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि कास्की जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला न्यायाधीश जयानन्द पनेरु निर्वाचन अधिकृतमा नियुक्त हुनुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले २०७३ माघ २० गतेभन्दा अघि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लिखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिहरूले नागरिकतामा उल्लिखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लिखित ठेगानामा भएको स्थानीय तहको वडामा सार्न सकिने निर्णय गरेको छ ।

Facebook Comments