Sat. Sep 28th, 2024

प्रधानमन्त्रीद्वारा उधौली पर्वको अवसरमा शुभकामना

काठमाण्डौं, २०७८ पुस ४ गते आईतबार । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको महत्वपूर्ण पर्व उधौंलीको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

शुभकामना सन्देशमा देउवाले किराँत समुदायको पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकाले उधौली पर्व, योमरी पुन्हीको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाण्डौ उपत्यकामा भने सार्वजनिक बिदा दिएको छ।

Facebook Comments