Wed. Apr 22nd, 2026

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकद्वारा एक शताब्दीका उपलब्धि र ऐतिहासिक अनुभवबारे प्रस्ताव पारित

       

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । आज अर्थात नोभेम्बर ११ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको सङ्घर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरू र ऐतिहासिक अनुभवहरू समावेश गर्ने ऐतिहासिक प्रस्ताव पारित गरेको छ।

नोभेम्बर ८ देखि ११ सम्म पैचिङमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले उक्त प्रस्ताव पारित गरेको हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बैठकमा महत्वपूर्ण सम्बोधन दिनुभयो।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको तर्फबाट सी चिन फिङले दिनुभएको कार्य प्रतिवेदन सुनुवाइ गर्दै छलफल गरेको थियो। उहाँले बैठकमा प्रस्तावको मस्यौदा पनि बुझाउनुभयो।

बैठकले सन् २०२२को उत्तरार्धमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन पैचिङमा आयोजना गर्ने सम्बन्धमा पनि छलफल र प्रस्ताव पारित गरेको छ। सीआरआई

Facebook Comments