Sun. May 19th, 2024

कानुन व्यवसायीले आइतवार पनि प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिने

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आइतवार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका अधिवक्ताहरूले आइतवार पनि प्रधानन्यायाधीशलाई मूल गेटबाट पस्न नदिने रणनीति बनाएका हुन् ।

बारले आज (शुक्रवार) बिहान १० देखि मध्याह्न १२ बजेसम्म दुई घण्टा सर्वोच्चको मूल गेटअगाडि धर्ना दिएका थिए । बारले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई जारी राख्ने जनाएकाे छ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आउँदो आइतबार पनि सर्वोच्चको मूल गेटमा दुई घण्टा धर्ना दिइने जानकारी दिनुभयाे । धर्नामा सहभागी हुन उहाँले कानुन व्यवसायीलाई आग्रहसमेत गर्नुभएकाे छ । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमा धर्ना दिइए पनि प्रधानन्यायाधीश जबरा भने धर्ना छल्दै महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गर्नुभएकाे थियाे ।

Facebook Comments