Sun. May 19th, 2024

विकिलीक्स: जुलिअन असान्जलाई प्रेमिकासँग जेलमै विवाह गर्ने अनुमति

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । जुलिअन असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग यूकेको बेल्मार्श कारागारमा विवाह गर्ने अनुमति पाएको जानकारी बीबीसीले पाएको छ। विकिलीक्सका संस्थापक असान्ज र मोरिसका दुई सन्तान छन्। असान्ज एक्वडोरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले गर्भधारण गरेको मोरिसको भनाइ छ। त्यहाँ उहाँहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ।

कारागार हेर्ने निकायका अनुसार कारागारका प्रशासकले असान्जको निवेदनलाई नियमित तरिकाले हेरेका थिए। मोरिसले विवाह गर्ने अनुमति पाएकोमा पीए समाचारसंस्थासँग खुसी व्यक्त गर्नुभएको छ ।

“हाम्रो विवाहमा थप हस्तक्षेप नहुने आशा गर्छु,” उहाँले भन्नुभयो । विवाहसम्बन्धी सन् १९८३ को एउटा कानुनका अनुसार कैदीबन्दीहरूले विवाह गर्न निवेदन दिन पाउँछन्।

अनुमति पाउनेहरूले करदाताको कुनै सहायताबिना आफ्नो विवाहको सम्पूर्ण खर्च बेहोर्नुपर्छ। गत वर्ष द मेल अन सन्डे पत्रिकासँगको अन्तर्वार्तामा दक्षिण अफ्रिकामा जन्मिएकी मोरिसले आफू सन् २०१५ यता आफू असान्जसँग सम्बन्धमा रहेको खुलासा गर्नुभएको थियो ।

पेसाले उहाँ वकिल हुनुहुन्छ। उहाँ अहिले एक्लै दुई छोरालाई हुर्काईरहनु भएको छ । बीबीसी

Facebook Comments