Sun. May 19th, 2024

एमालेको दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । च्यासलमा शुक्रबार पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गर्नुभएको हो । एमाले दसौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

लोगो सार्वजनिक कार्यक्रमा एमाले सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतको उपस्थिति थियो ।

Facebook Comments