Thu. Jul 16th, 2026

एक चीनको नीतिलाई चुनौती दिने कुनै पनि गतिविधि विफल हुने

       

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । चीनले एक चीनको नीतिलाई चुनौती दिने कुनै पनि गतिविधि विफल हुने बताएको छ । अमेरिकी विदेश मन्त्री ब्लिंकनले यहि नोभेम्बर १० तारिखका दिन एक अन्तर्वार्तामा अमेरिकासँग थाइवानको आत्मरक्षा गर्ने क्षमतालाई प्रत्याभूति गर्ने बचनवद्धता रहेको बताउनु भएको थियो ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले ११ तारिखका दिन नियमित पत्रकार सम्मेलनमा उक्त धारणाप्रति प्रतिक्रिया गर्दै एक चीनको नीतिलाई चुनौती दिने कुनै पनि गतिविधि सफल नहुने विचार व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार अमेरिकाद्वारा कुनै पनि निहुँले चीनको सार्वभौमिकतालाई उल्लङ्घन र चीनको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने कुरामा चीनले कहिल्यै पनि अनुमति दिँदैन। विश्वमा एउटै मात्र चीन छ भने थाइवान चीनको एक भाग हो। यो परिवर्तन गर्न नसकिने इतिहास र कानूनी तथ्य मात्र होइन, चुनौती दिन नसकिने यथास्थिति पनि हो। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार