Sun. May 19th, 2024

प्रधानन्यायाधीश पक्ष र आन्दोलनरत पक्षका कानून व्यवसायीहरुबीच झडप

काठमाण्डौं, २०७८ कात्तिक २६ गते शुत्रबार । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानून व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानून व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो ।

आन्दोलनरत कानून व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि बाहिरी गेटमा धर्ना भइहेको छ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई गेटमै रोक्ने गरी आन्दोलन गर्दै आएको छ ।

Facebook Comments